विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उद्योग धन्दा, कलकारखाना, व्यापार व्यावसाय सबै खुलेपछि विद्युत खपत दर पुरानै लयमा फर्किएको छ । निशेधाज्ञा हटेर आर्थिक गतिविधि बढ्दै गएकाले विद्युत खपत परिमाण पनि पहिलेकै अवस्थामा पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने विद्युतको उच्च माग क्रमशः उकालो लागेको छ । गत शनिबार १३ सय ८५ मेगावाट रहेको विद्युतको उच्च माग मंगलबार (हिजो) सम्म आइपुग्दा बढेर १४३० मेगावाट पुगेको छ । 

४ दिनको अवधिमा ४५ मेगावाट माग बढेको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ । भार प्रेषण केन्द्रका अनुसार मंगलबारको उच्च माग आन्तरिक उत्पादन र भारतबाट आयातित विद्युतबाट व्यवस्थापन गरिएको छ । 

आन्तरिक उत्पादन ९३० मेगावाट छ । मंगलबारको माग व्यवस्थापन गर्न भारतबाट ५०० मेगावाट विद्युत आयात भएको छ । हिउँदमा करिब ८५० मेगावाटसम्म विद्युत आयात भएकोमा बर्खामा उच्च माग भएका बेला ५०० मेगावाट विद्युत आयात गरी माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रका विद्युत आयोजनाले ५२० मेगावाट उत्पादन गरेका छन् । प्राधिकरणका आयोजनाको उत्पादन ४१० मेगावाट छ । अहिले प्राधिकरणले सञ्चालन गरेको ७० मेगावाटको मध्यमर्स्र्याङदीको उत्पादन बन्द छ । विद्युत प्रवाह हुने प्रसारण लाइनको टावर बाढीले बगाएपछि एक सातादेखि जलविदुतगृहको उत्पादन बन्द छ ।

मध्यमरस्र्याङ्दीको उत्पादन बन्द हुँदा कुलेखानी जलाशय २४ घन्टा चलाइएको छ । गत बैशाख १६ गतेपछि निशेधाज्ञा अवधिमा विद्युतको उच्च माग १ हजारदेखि १२ सय मेगावाट हाराहारीमा थियो । सबैभन्दा कम ९ सय मेगावाटमा झरेको थियो ।

प्राधिकरणले यो वर्ष बर्खामा विद्युतको उच्च माग १५ सय मेगावाट माथि जाने प्रक्षेपण गरी सोही अनुसार आपूर्ति व्यवस्थापन मिलाउने तयारी गरेको थियो । तराईमा गर्मी बढ्ने हो भने विद्युत खपत परिमाण अझै बढ्ने पनि प्राधिकरण भारत प्रेषण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit