images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय देशभर विद्युतीय चुलो प्रयोग गर्ने उपभोक्ताको संख्या बढिरहेको छ । यद्यपि, अहिलेसम्म ज्यादै थोरै जनसंख्याले मात्र यस्तो चुलोको प्रयोग गर्दै आएका छन् । कूल जनसंख्या अर्थात् घरधुरीले विद्युतीय चुलो प्रयोग गर्दा यसका लागि ३३ अर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार देशको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ (६६ लाख ६६ हजार ९३७ घरधुरी) रहेको छ । उक्त घरधुरी मध्ये जम्मा ०.५ प्रतिशत (३३ हजार ३३५ घरधुरी) ले मात्र विद्युतीय चुलो प्रयोग गर्दै आएको जनगणनामा उल्लेख छ । अतः विद्युतीय चुलो उपयोग नगर्ने घरधुरीको संख्या ६६ लाख ३३ हजार ६०२ रहेको छ ।

अहिले बजारमा विद्युतीय चुलोको परल मूल्य ४५०० देखि ५००० हजार रुपैयाँसम्म पर्छ । अधिकतम मूल्य ५००० हजार रुपैयाँका दरले हिसाब गर्दा एउटा घरले एउटा मात्र चुलो उपभोग गर्यो भने पनि प्रयोग गर्न बाँकी घरधुरी सबैले खरिद गर्दा ३३ अर्ब १६ करोड ८० लाख १० हजार रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।

अहिले बजारमा इन्डक्सन, इन्फ्रारेट जस्ता विद्युतीय चुलो उपलब्ध छन् । उल्लिखित घरधुरी मध्ये ५० प्रतिशतमा एक–एक वटा चुलो जडान भयो भने पनि झण्डै १७ अर्ब रुपैयाँ आवश्यक पर्छ । अतः उच्च मागलाई व्यवस्थापन गर्दै सरकारले सहुलियतमा विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन गर्यो भने विद्युत खपत व्यापक बढ्दै जाने देखिन्छ ।

एलपिजी ग्यासको आयात घट्यो

सरकारले विद्युत खपत बढाउन विद्युतीय चुलो, सवारी साधन, उद्योगलाई प्राथमिकतामा राखेसँगै भान्सामा विद्युतीय चुलोको प्रयोग बढ्न थालेको छ । नेपालमा विद्युतको खपतमा घरायसी उपकरण, उद्योग र यातायात तीनवटा मुख्य क्षेत्रका रूपमा पहिचान भएका छन् । घरायसी उपकरणको प्रयोगमा हुने विद्युत खपतमा भान्साको स्थान महत्वपूर्ण हुन्छ । पकाउने, सेकाउने, तताउने र उमाल्ने प्रयोजनमा विभिन्न थरीका उपकरणको प्रयोग बढ्न थालेका छन् ।

जनगणना २०७८ अनुसार ४४.३ प्रतिशतले एलपी ग्यास, ५१ प्रतिशतले काठ/दाउरा, २.९ प्रतिशतले गुईठा/गोरहा, १.२ प्रतिशतले बायोग्यास, ०.०५ प्रतिशतले मट्टितेल र ०.१ प्रतिशत अन्य इन्धन प्रयोग गर्ने गरेका छन् । ग्यासभन्दा बिजुली सस्तो हुने देखिएपछि खाना पकाउनमा विद्युतीय चुलोको प्रयोग बढ्दै गएको छ ।

बजारमा विद्युतीय चुलोको प्रयोग बढ्न थालेसँगै ग्यासको आयातमा गिरावट आएको छ भने चुलोको आयात बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा १ लाख ३० हजार ७ सय ४५ वटा इन्डक्सन र ७३ हजार ६ सय ४८ गरी जम्मा २ लाख ४ हजार ३ सय ९३ विद्युतीय चुलो आयात भएको छ । अघिल्लो आव २०७८/७९ मा भने १ लाख १६ हजार ८ सय १० इन्डक्सन र ४१ हजार ४ सय ५४ इन्फ्रारेड गरी १ लाख ५८ हजार २ सय ६४ विद्युतीय चुलो आयात भएको विभागको तथ्यांकमा छ ।

यसैगरी, गत आवमा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ५१ करोड ४३ लाख ४० हजार ७ सय ६८ किलोग्राम ग्यास आयात भएको विभागको तथ्यांकमा छ । अघिल्लो आव २०७८/७९ मा ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँ बराबरको ५३ करोड ५८ लाख ६५ हजार ४ सय १५ किलोग्राम एलपिजी ग्यास आयात भएको छ ।

पछिल्लो कैयौ वर्षदेखि बढ्दै आएको ग्यास आयात घट्न थालेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘नेपालीहरूको भान्सा विस्तारै विद्युतीयमा परिणत हुँदैछ, यसैले गर्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात घटेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आगामी दिनमा पनि एलपिजी ग्यासको आयात विस्तारै घट्ने देखिन्छ ।’

‘विशेषगरी, सहरी क्षेत्रका मानिसहरूले विद्युतीय चुलो र उपकरणको प्रयोग बढाउँदै लगेका छन्, सरकारले विद्युतीय संरचना निर्माण गर्ने तथा स्तरोन्नति गरिरहेको छ । विद्युतीय पूर्वाधारलाई विश्वसनिय र भरपर्दो बनाउने हो भने विद्युतीय चुलोको प्रयोगले आगामी दिनमा एलपिजी ग्यासको खपत तथा आयात घट्दै जानेछ,’ उनले भने । 

प्रविधिको विकास र सुविधाको चाहानाले ग्यासको विकल्पमा चुलोको प्रयोग बढेको छ । चुलो, पानी तताउने जग लगायतका विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छन् ।

निगमले अहिले भने ग्यासको मूल्य घटाएर प्रतिसिलिण्डर १६२० रुपैयाँ पुर्याएको छ । यसअघि निगम घाटामा गएको भन्दै मूल्य बढाएर १८०० रुपैयाँ पुर्याएको ग्यास बिक्री वितरण गरिरहेको थियो ।

विद्युतीय चुलो र ग्यास आयातको तथ्यांक

आव ग्यास (केजी) विद्युतीय चुलाे (संख्या)
२०७९/८० ५१४३४०७६८ २०४३९३
२०७८/७९ ५३५८६५४१५ १५८२६४

स्राेत: भन्सार विभाग

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit