विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । लमजुङ र गोरखाको सीमामा निर्माण सम्पन्न चेपेखोला साना जलविद्युत आयोजनाको ८.६३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आशुतोष इनर्जी कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत मंगलबार (भदौ २८ गते) प्रणालीमा जोडिएको हो ।

सबै चरणको परीक्षण पूरा गरेर आयोजनाको विद्युत हिजोदेखि २१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको किर्तिपुर सबस्टेसनमा जोडिएको कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए । ‘२ साता आयोजनाको उपकरण तथा संरचनाको परिक्षण गर्न लाग्यो’, उनले ऊर्जा खबरसँग भने, ‘मंगलबारबाट आयोजनाले प्रसारण प्रणालीमा विद्युत दिन सुरु गरेको छ ।’ 

आयोजनाबाट परीक्षण उत्पादन भइरहेको र २ साता प्राधिकरणले परीक्षण उत्पादन गरेपछि व्यापारिक उत्पादन सुरु गरिने कार्किले बताए । २०७७ कात्तिकदेखि आयोजना स्थलमा संरचना निर्माणको काम सुरु गरिएको थियो  ।

आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारी र प्राधिकरणकाे लाइन निर्माणमा भएकाे ढिलाइका कारण उत्पादन समय लम्बिएको कार्कीले बताए ।

आयोजनाको काम सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ अर्थात प्रतिमेगावाट १७ करोड ३८ लाख रुपैयाँ  लागत अनुमान गरिएकाे थियाे । तर, अनुमानित भन्दा कम लागतमै आयाेजना पूरा भएकाे कार्कीले बताए । आयाेजनामा कूल लागतको ७५ प्रतिशत हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ एनएमबी बैंक एक्लैले लगानी गरेको छ ।

सुपर माई, सुपर माई ‘ए’, सुपर माई क्यासकेडलगायत जलविद्युत आयोजनाको सफल निर्माण गरेको समूहले चेपे खोला पनि निर्माण पूरा गरेको हो । यी ३ वटै आयोजना विद्युत प्राधिकरणले दिएको तालिकाभन्दा अगाडि नै सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका थिए । आयोजनाबाट वार्षिक ५१.५७ गिगावाट घन्टा (५ करोड १५ लाख ७० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit