विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोमा गणेश हाइड्रो पावर प्रालि १९ मेगावाटको दोर्दी दूध खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि विद्युत विकास विभागमा आवेदन दिएकाे छ । गण्डकी प्रदेश अन्तर्गत लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने दोर्दी खोलामा उक्त आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएकाे हाे ।

कम्पनीले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएपछि यसबाट पर्ने असरका विषयमा सराेकारवाला निकायसँग राय सुझाव मागिएकाे छ । विभागले ३५ दिने सुचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि आग्रह गरेकाे छ । नदीकाे बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव ५.४६ घनमिटर प्रति सेकेण्ड र कूल हेड ४१६.३७ मिटरको हुने अध्ययनले देखाएका छ । यस आयोजनाबाट वार्षिक सरदर ११३.१३ गिगावाट घण्टा विद्युत उत्पादन हुने उल्लेख छ ।

दोर्दी र दूध खोलाको बाँध बाधेर दोर्दी खोलाको बायाँपट्टी निर्माण हुने इन्टेक बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू मार्फत विद्युतगृहमा लगिनेछ । त्यसपछि टेलरेस क्यानलमार्फत पानीलाई दोर्दी खोलामा खासाल्ने छ ।

आयोजनाको भित्री व्यास भएको १९९४.३४ मिटरको हेडरेस टनेल मार्फत ५२ मिटर लम्बाई र ६ मिटर चौडाई भएको आंशिक भुमिगत हुँदै १.४ मिटर व्यासको पेनस्टक पाइप मार्फत पानीलाई विद्युत गृहमा पुर्याइनेछ ।  उत्पादित ऊर्जालाई विद्युतगृहको स्वीच्यार्डमा जाेडिनेछ र ११.५ एभिएको पावर ट्रान्सफरमरबाट १५ किलो मिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको कीर्तिपुरमा रहेको दोर्दी कोरिडोर हब सब–स्टेसनमा जोडिनेछ ।

यो आयोजनाले २०८३ मंसिर २३ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषणद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit