विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडले मनाङ जिल्लाको नासो गाउँपालिका पहिचान गरि अघि बढाएको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको काम आगामी साढे ३ वर्षभित्र सम्पन्न गर्ने भएको छ । सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको आयोजनाको निर्माण २०८३ साउनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

अहिले आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । विद्युत विकास विभागले सूचना निकालेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

यसको डिजाइन बहाव ६.०३ घनमिटर प्रतिसेकेण्ड र समग्र हेड ९९६.५० मिटर रहनेछ । विद्युत उत्पादनको लागि दानाखोलाको पानी फर्काइ बनाइने बाँधको कुल लम्बाइ १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । ३,२३९ मिटरको सुरुङमार्ग निर्माण हुनेछ । आयोजनाको विद्युतगृह भूमिगत हुनेछ ।

आयोजना पूरा वार्षिक सरदर ३०२.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत २२० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको धारापानी सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको थप जानकारी

आयोजनाको थप जानकारी
आयोजना : दाना खोला
क्षमता : ४९.९५ मेगावाट
प्रवद्र्धक : लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेड
सुरुङ : ३२३९.१९ मिटर
पेनस्टक : १६२४.१४ मिटर
टर्वाइन : ३ वटा, पेल्टन टर्वाइन
प्रसारण लाइन : १३२ केभी (३.५ किलामिटर)
सबस्टेसन : धारापानी
विद्युत उत्पादन तालिका : २०८३ साउन १ गते
वार्षिक सरदर उत्पादन : ३०२.२७ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit