विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नवलपरासी ।  चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको ३ वर्षपछि  यो सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको हो ।                                                                                                                                                                 
नेपाल विद्युत प्राधिकरणले बर्दघाट सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारदेखि विद्युत दिएको छ । शनिबार राति ९ बजेदेखि उद्योगमा विद्युत आपूर्ति गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले उद्योगमा ३० मेगावाट विद्युत खपत दिइएको छ । उद्योगले सिमेन्ट उत्पादन क्षमता बढाउन लागेकाले भविश्यमा थप ५० मेगावाट विद्युत दिने प्राधिकरणको योजना छ ।

प्राधिकरणका अनुसार अहिले उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । 

११ र ३३ केभी प्रसारणबाट विद्युत आपूर्ति लिने ग्राहकको तुलनामा १३२ केभी प्रसारण लाइनको आपूर्ति गुणस्तरीय हुनुका साथै महसुल पनि सस्तो छ ।सञ्चालनमा आएको ३ वर्षसम्म विद्युत लाइन नपुग्दा उद्योग परिसरमा १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति हुँदै आएको थियो । थप १२ मेगावाट विद्युत उद्योगको भट्टीमा जम्मा भएको तापबाट उत्पादन हुँदै आएको छ । 

डिजेल जेनेरेटर सञ्चालन गर्न दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत हुँदै आएकोमा विद्युत पहुँच पुगेपछि ठूलो राहत मिलेको उद्योगले जनाएको छ । सिमेन्ट उद्योगमा १३२ केभी लाइनमार्फत विद्युत दिन नवलपरासी पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी विद्युत दिन सकिएको बताए ।  

सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना स्थानीय अवरोधका कारण अहिलेसम्म पनि पूरा हुन सकेको छैन । यो प्रसारण लाइनको केही काम बाँकी रहेकाले तत्कालका लागि वैकल्पिक व्यवस्था गरी दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्तिको व्यवस्था गरेको उनले बताए ।  

२२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको छ । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो । 

‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगलाई मागेजति विद्युत दिइरहेका छौं,’ उनले भने, ‘गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका कामअभियानकै रुपमा चलाइएको छौं । यसको नतिजा छिट्टै देखिन्छ ।’ उनले ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न विद्युत महसुल समयानुकूल पुनरावलोकन गर्दै लैजाने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने  घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit