images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको मर्दी खोलामा ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको युनाइटेड इदीमर्दी एण्ड आरबी हाइड्रो पावर कम्पनी लिमिटेडले ५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार सो मुनाफा आर्जन गरेकोे देखिएकाे हो ।

वित्तीय विवरण अनुसार अघिल्लो आव २०७७/७८ को तुलनामा गत आव २०७८/७९ मा नाफा बढेको देखिएको छ । गत आवमा कम्पनीले ५ करोड १६ लाख ४ हजार ६ सय ६० रुपैयाँ खुँद नाफा कमाएको थियो भने अघिल्लो आवको यही समयअवधिमा ४ करोड ६० लाख ८२ हजार ६ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको नाफा बढेसँगै विद्युत बिक्रीबाट भएको आम्दानी पनि बढेको छ । कम्पनीले गत आवमा विद्युत बेचेर १८ करोड ६६ लाख ३९ हजार ९ सय २६ रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवमा १३ करोड ४५ लाख ८ हजार ७ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले अन्य स्रोतबाट अघिल्लो आवमा ३६ करोड ११ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । गत आवको आम्दानी भने कम्पनीले विवरणमा उल्लेख गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit