काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक वेबसाइट, मोबाइल एप र अनलाइन मार्फत प्रवाह हुँदै आएको सेवा सुविधा ४८ घण्टासम्म बन्द रहने भएको छ । प्रणाली सुधार तथा मर्मत कार्यका लागि कात्तिक २९ गते शनिबार सुरुदेखि ३० गते राती १२ बजेसम्म उक्त सेवा बन्द रहने प्राधिकरणले पूर्वसूचना जारी गरेको छ ।
बन्द रहने सेवाहरूमा अनलाइनबाट महसुल सङ्कलन तथा भुक्तानी, प्राधिकरणका चार्जिङ स्टेसनबाट उपलब्ध हुँदै आएका चार्जिङ सेवा, महसुल सङ्कलन तथा भुक्तानी, स्मार्ट मिटर रिडिङ तथा अनलाइन बिलिङ र प्राधिकरणको आधिकारिक वेबसाइट र मोबाइल एप रहेका छन् ।
प्रणाली सुधार तथा मर्मतको कार्य सकेसम्म चाँडो सक्ने प्रयास रहने भन्दै प्राधिकरणले चाँडो सकिएको अवस्थामा तोकिएको अवधिअगावै पनि सञ्चालनमा आउन सक्ने जाएको छ ।
