images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा आज पुस २९ गते कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । कोसी प्रदेशको संखुवासभा जिल्ला भएर बग्ने पिलुवा खोलामा निर्माण गरेको ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो ।

यस आयोजनबाट २०६०, असाेज १ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरूलाई लोडसेडिङमुक्त बनाउन ठूलो योगदान गरिरहेको छ। त्यसैगरी, कम्पनीले ताप्लेजुङ, पाँचथर सिमाना भएर बग्ने काबेली खोलामा ९.९४ मेगावाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७८ साल चैत १२  गतेदेखि  व्यावसायिक उत्पादन सुरु गरेको छ ।

जलविद्युत् आयोजनाहरूको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्देश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरी पिके हाइड्रोपावर लिमिटेडमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरी ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेगावाटको लिखु खोला निर्माण कार्य सुरु गरेको छ।

अरुण भ्यालीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको छ। बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्कासन गर्नेछ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit