images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालीहरूको जीवनस्तर सुधार्न स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने विज्ञहरूले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

नेपालले वार्षिक २ खर्ब रूपैयाँ भन्दा बढीको इन्धन आयात गर्दै आएको छ । मंगलबार (मंसिर २७ गते) नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने उर्जा’ विषयक अन्तिक्रिया कार्यक्रममा सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन् ।

ढिलो–छिटो विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने बताउँदै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरू ६५ प्रतिशत हाराहारी छन् ।

सन् २००९ मा वैकल्पिक उर्जाको प्रयोग ०.७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको ढकालले जानकारी दिए । विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ ।

ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरूको तर्क छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा) का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत उर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ ।

आधुनिक चुलोको प्रयोगले समयको वचत र मानव स्वास्थ्य सुधार हुने उर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन् । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाईलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोगकर्ता धेरै बढाउन सकिने उनको ठहर छ ।

दिगो विकास लक्ष्य र नेपालले लिएको शुन्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलो जस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन मुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रविनमान सिंहले बताए । इतिहासमै सबैभन्दा महँगो ग्यास, तर इन्धन खपत बढ्दै जानु त्यस्तै स्वच्छ खाना पकाउने उर्जा प्रवद्र्धनका लागि बिजुलीको गुणस्तरीय र पूर्वाधारको समस्या नै मुख्य चुनौती रहेका छ ।

सरकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा पुयाउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत धरघुरीले विद्युतीय खाना पाकाउन अपनाउने लगायताका विभिन्न लक्ष्यहरु लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit