विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले उत्पादित विद्युत खपत बढाउन विद्युतीय सवारी, चुलो, उद्योगलाई प्राथमिकतामा राखेसँगै यिनीहरूको प्रयोग र आयात बढ्न थालेको छ । विगतमा विद्युतीय सवारीप्रति सकारात्मक सोच नभएपनि अहिले उपभोक्ताले विद्युतीय सवारीको प्रस्तुती तथा पेट्रोलियमभन्दा सस्तो पर्ने बुझेपछि यसको प्रयोगसँगै आयात बढ्न थालेको छ ।

नाडा अटोमाबाइल्स एसोसियसन अफ नेपालका अनुसार गत ३ वर्षमा मात्र करिब १६ हजार विद्युतीय सवारी आयात भएको छ । ६० ब्राण्डका १० हजार दुई पाङ्ग्रे (स्कुटर, बाइक, साइकल) विद्युतीय सवारी र करिब ६ हजार भ्यान, बस, कार, टेक्सी लगायतका चार पाङ्ग्रे सवारी नेपाल भित्रिएका छन् ।

सन २०२१ देखि २०२३ जुलाई १५ सम्ममा ९८३९ वटा दुई पाङ्ग्रे र ५९३१ वटा चार पाङ्ग्रे सवारी भित्रिएको नाडाको तथ्यांक छ । २०२१ मा २०८८, २०२२ मा ५४४५ र २०२३ जुलाई १५ सम्म २३०६ वटा दुई पाङ्ग्रे सवारी आयात भएका छन् । यसैगरी, आयात भएका चार पाङ्ग्रे सवारीमध्ये २०२१ मा १२२४, २०२२ मा २०७७ र २०२३ मा २६३० वटा भएका छन् ।

आयात भएका दुई पाङ्ग्रे सवारीमध्ये सबैभन्दा बढी यादिया ब्रान्डको स्कुटर आयात भएको नाडाको तथ्यांक छ । तीन वर्षको अवधिमा यो ब्रान्डको दुई पाङ्ग्रे सवारी १०९० वटा भित्रिएका छन् । सेगवेको पनि ९७३ वटा भित्रिएका छन् । यसैगरी, पिवर, कोमाकी, रुयाङ, निहु, अरोमा, हिरो, डोहान लगायत विभिन्न ब्रान्डका सवारी आयात भएका छन् ।

यसैगरी, तीन वर्षको अवधिमा आयात भएका चार पाङ्ग्रे सवारीमध्ये २०२३ मा २६३० वटा सवारी भित्रिएका छन् । साथै, २०२२ मा २०७७ र २०२१ मा १२२४ वटा विद्युतीय सवारी भित्रिएका तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा सबैभन्दा बढी टाटा ब्रान्डको गाडी भित्रिएको देखिएको छ । तीन वर्षको अवधिमा २९३१ वटा टाटा ब्रान्डको सवारी भित्रिएका छन् । यसैगरी, एमजी ब्रान्डको १२०६, हुन्डाईको ६४६, होजोन ब्रान्डको ३६८ वटा गाडी आयात भएका छन् । यसैगरी, बाँकी, बीवाइडी, निशान, किया, टेल्सा, थेगो, महिन्द्रालगायत अन्य ब्रान्डका सवारीहरू भित्रिएको तथ्यांकमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit