विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एशियन हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ २७ गते देखि सर्वसाधारणका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो ।

जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत हुन आउने अर्थात ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्येको १० प्रतिशत हुन आउने अर्थात ८४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसिरहेका  नेपाली नागरिकका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात १६ हजार ८ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँकी रहेको बाँकी ६ लाख ९७  हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको इलाममा ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयोजनाले २०७८ कातिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । आयोजनाको कुल लागत १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit