विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मर्स्याङदी कोरिडोर अन्तर्गत निर्माणाधीन लमजुङको उदिपुरदेखि चितवनको भरतपुसम्मको २२० केभी उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन आयोजनाको काम ६५ प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण सुरु गरेको ५ वर्षमा करिब आधा मात्र काम सकिएको हो ।

६७ किलोमिटर लामो लाइनको काम सन् २०१८ जनवरीमा निर्माण सम्झौता गरी सुरु गरिएको थियो । ३ वर्षमा सम्पन्न गर्नुपर्ने लाइन ५ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् ।

लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको लाइनका डिभिजन प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार अब आगामी असार अर्थात जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ ।

यो आयोजनाको काम यसअघिनै सम्पन्न गर्ने लक्ष्य भएपनि स्थानीयको अवरोध, विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड १९ को रोकथामका लागि लगाइएको विशेधाज्ञाका कारण धकिलिएको आयोजनाले जनाएको छ ।

लाइनमा १९३  टावर निर्माण गर्नुपर्नेछ । जसमा लमजुङमा ४५ वटा टावर रहनेछ । यसतर्फतको २५ वटा टावर निर्माण भएको छ । दोर्दी कोरिडोर आयोजनाको विद्युत् मध्यमर्स्यांदी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ ।

उदिपुरबाट मध्यमर्यांदी खण्डको ६ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत उदिपुर र भरतपुरमा दुई वटा सबस्टेसन निर्माणाधीन छन् । प्रसारण लाइनको यो खण्ड र सबस्टेसन निर्माण गर्न २ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit