विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २१औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेपछि विद्युत उत्पादन छोटो समयमै ३००० मेगावाट पुगेको र अब व्यापारको लागि पनि निजी क्षेत्र नआइ नहुने अवस्था आएको बताएका थिए ।

निजी क्षेत्र विद्युत व्यापारका लागि सक्षम भइसकेको बताउँदै अध्यक्ष आचार्यले विद्युत व्यापार गर्न सरकारले मात्र नसक्ने भएको हुँदा निजी क्षेत्रलाई खुला गर्नुपर्ने बताएका छन् । ‘कुनै पनि उत्पादित वस्तुले बजार खोज्छ । त्यो बजार खोज्ने काममा सरकारले मात्र सक्दैन,’ उनले भने, ‘जसरी उत्पादनमा सरकारले सकेन, व्यापारमा निजी क्षेत्रले सक्छ, निजी क्षेत्रलाई ढोका खोल्दिनुस । हामी सक्षम छौँ । उत्पादन गरेर देखायौँ भने अब व्यापारमा पनि देखाउन सक्छौँ ।’

त्यसको जवाफमा मन्त्री बस्नेतले अब विद्युत व्यापारका लागि निजी क्षेत्र तयारी अवस्थामा बस्न आग्रह गरेका हुन् । ‘हामी ऊर्जा व्यापारका लागि स्पष्ट खाका बनाउँदै छौ, बजेटका कारण ढिलाई भएको विद्युत विधेयक पनि संसदमा जाँदैछ,’ उनले भने, ‘निजी क्षेत्रलाई व्यापारमा संलग्न गर्छौ, तयारी अवस्थामा रहनुहोस ।’ प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रको ‘ब्रेक थ्रु’  भएको भन्दै अहिले परिस्थिती धेरै परिवर्तन भइसकेको मन्त्री बस्नेतले बताए ।

१० हजार मेगावाट ‘भन्ने कुरा न हुन’ भनेको पनि सुनिएको भन्दै ऊर्जा मन्त्री बस्नेतले यो सम्भव भएको दाबी गरे । ‘सम्भव नभइ त निर्णय हुन पनि सम्भव थिएन । निर्णय हुनु नै यो सम्भव हुनु हो । कार्यान्वयनमा जान्छ, ढुक्क हुनुस ।’ उनले थपे ।

अहिले बुझाइ र परिस्थितिमा ग्याप भएपनि आगामी १० वर्षभित्र १० हजार मात्रै होइन १५/२० हजार मेगावाट विद्युत व्यापार गर्ने परिस्थिती बन्ने उनले दाबी गरे । ‘उत्पादनमा ‘सरप्लस’ भएपछि भारत, बंगलादेश लगायतका मुलुकसँग व्यापारको कुरा गर्यौ, पूर्वाधारको निर्माण ठूलो आवश्यकता भएको छ । पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको छ’ बस्नेतले भने ।

उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभाव जस्तो देखिएपनि निर्माणाधिन प्रसारण लाइन र सवस्टेुनहरू बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि उनले बताए । ऊर्जा मन्त्रालयले ‘विकासको लागि ऊर्जा’ अभियान सुरु गर्न लागेको भन्दै खपत गर्ने क्षमता वृद्धिको अभियानमा सतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरयासी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न बताए ।

‘ऊर्जा क्षेत्रको ‘ब्रेक थ्रु’ को संघारमा पुगेका छौ, नेपाल सरकार, निजी क्षेत्र सबैको योगदानबाट यो ठाउँमा पुगेका छौ । सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार छ,’ उनले भने, ‘बजेट निर्माण लगायतका काममा व्यस्त हुँदा विद्युत विधेयक पहिला संसदमा लैजान सकेनौं, अब केहि दिनमै यो विधेयकले संसदको कार्यक्षेत्रमा प्रवेश पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit