विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । लामाे समयदेखि मनकामना केबलकार सञ्चालन गर्दै आएकाे मनकामना दर्शन प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतकाे रकम गाेरखाकाे सहिद लखन गाँउपालिकाका २ र ३ नम्बर वडा (साविक मनकामना नमूना गाउँ विकास समिति) काे विकासमा खर्च गर्ने भएकाे छ ।

कम्पनीले केबलकार व्यवसायकाे आम्दानीकाे केही हिस्सा २ र ३ नम्बर वडाको समन्वयमा गाउँपालिका मार्फत मनकामना मन्दिर र दुई वडाका मठमन्दिर तथा धार्मिक क्षेत्रहरूको विकास निर्माण, सम्वर्द्धन, जिर्णोद्वार लगायतका भौतिक पूर्वाधार विकासमा लागि खर्च गर्न लागेकाे हाे । उक्त कामका लागि कम्पनी र गाउँपालिका बीच सम्झाैता भएकाे छ । कम्पनीले यस खालकाे सामाजिक काम २०४/६५ बाट गर्दै आएकाे छ ।

सम्झाैतामा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर र कम्पनीका कार्यकारी सञ्चालक राजुबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम कम्पनीले सिएसआर अन्तर्गतको १ प्रतिशत रकम त्रैमासिक रूपले गाउँपालिलाई उपलब्ध गराउने छ ।

सम्झौता बमोजिम गाउँपालिका अन्तर्गत २ र ३ नम्बर वडा तथा १ नम्बर वडाको बक्रेश्वर र ल्होप्पा गाउँ, ५ नम्बर वडाको तोरेन र पोखरी डाँडा गाउँका स्थानीय बासिन्दालाई प्रक्रिया पूरा गरी प्रचलित साधारण भाडा दरमा ८० प्रतिशत छुटमा व्यवसाय सञ्चालन गर्न सहुलियत दिइने छ । वडा नं २ र ३ मा कार्यरत कर्मचारीहरू तथा साेही वडाका विभिन्न व्यवसायमा संलग्न श्रमिकहरूलाई ६५ प्रतिशतसम्म छुटमा टिकट उपलब्ध गराइने छ ।

साथै, गाउँपालिका र मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरू र वडा नं २ र ३ तथा वडा १ र ५ का माथि उल्लिखित टोलहरू बाहेकका गाउँपालिकाका अन्य नागरिकहरूलाई २५ प्रतिशत छुट दिई टिकट उपलब्ध गराइने बताइएकाे छ । कम्पनीले “प्रभावित क्षेत्र”का स्थानीय बासिन्दाले केबुलकारबाट यात्रा गर्दा लगेजको रूपमा ल्याएको २० केजी तौलसम्मको घरायसी सामानहरू निःशुल्क ढुवानीको व्यवस्था समेत गर्ने व्यवस्था गर्नेछ ।

मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठ सामाजिक विकासका अभियन्ता भएकाे हुँदा आम्दानीकाे केही हिस्सा स्थानीयबासीकाे जीवनस्तर सुधार र साे क्षेत्रकाे विकासमा खर्च गर्नुपर्छ भन्थे । 'बुवाकाे साेही साेचअनुसार नै हामीले सामाजिका विकासका गतिविधिलाई निरन्तरता दिएका हाैं,' उनका छाेरा तथा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले भने, 'केही दिनभित्र यही खालकाे सम्झाैता गरेर चितवनकाे इच्छाकामना गाउँपालिकाकाे विकासमा पनि हामी जाेडिँदैछाैं ।'

सम्झौता कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वडा नं २ का वडाध्यक्ष अचलबाबु थापा मगर, वडा नं ३ का वडाध्यक्ष गणेश थापा, वडा नं ६ का वडाध्यक्ष दीलिपनारायण थापा, समाजसेवी मनोज जोशी, मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, गोरखा उद्याेग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठकाे उपस्थिति थियाे ।

यसैगरी, समाजसेवीहरू दिनेश जोशी, टंकप्रसाद दुवाडी, साना किसान कृषि सहकारी, मनकामनाका अध्यक्ष कृष्णबाबु श्रेष्ठ, मनकामना मन्दिर जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठकाे पनि उपस्थिति थियाे । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक-स्टेशन अपरेशन उज्वल शेरचन, प्रमुख-स्टेशन प्रशासन विभागका शशि श्रेष्ठ, सहायक म्यानेजर (कानून) गणेश मानन्धर र जनसम्पर्क अधिकृत जीवन थापा मगरको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३