विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचिकृत भएको छ । सोमबार सूचिकृत भएको सेयर मंगलबारदेखि कारोबार हुनेछ । कम्पनीको १ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेले सुरुको कारोबारका लागि न्युनतम मुल्य ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।

ग्रीन लाइफ हाइड्रो पावरले माघ २३ गतेदेखि प्रतिसेयर सय रुपैयाँमा अंकित १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी सेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४ सय कित्ता गरी कुल ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

त्यसमध्ये १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९ सय २८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी रहेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ताका सेयर सर्वसाधारणको लागि बाडफाँड गरिएको छ । कम्पनीको सेयर बिओके क्यापिटलले निष्कासन गरी बाँडफाँड गरेको हो ।

कम्पनीले अहिले दोलखामा ४० मेगावाटको खानी खोला–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइनमा जोडिन्छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit