विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कतैबाट दबामा नपरी संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरी स्वागत गर्दै शर्माले निर्देशन दिएका हुन् ।

बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दबाबमा नपरि काम गर्न निर्देशन दिएका हुन् । 

त्यस्तै उनले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिए । 

शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हावी भएको भन्दै यसलाई रोक्न निर्देशन दिए ।  लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले कार्यमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताए । केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उनको भनाई छ । उनले आफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको धारणा राखे ।

 त्यस्तै हमालले बजारमा हुनसक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरे ।  शर्माले पुँजीबजार सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit