विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बैशाख ११ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ७ लाख कित्ता सेयर आयोजनाको मूख्य संरचना रहेको लमजुङ जिल्लाको क्च्होलासोवार गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीयका लागि सुरक्षित गरिएको छ । 

बाँकी ३ लाख कित्ता सेयर क्ल्होलासोवार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानीयका लागि छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । 

स्थानीयले छिटोमा २५ गते र ढिलोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको छ । कम्पनीको ८.८ मेगावाटको रुदी खोला–ए र ६.६ मेगावाटको रुदी खोला–बी जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit