विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेन्छियाम हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।

जारी पूँजीको ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित ५ लाख ४२ हजार ५ सय ८३ कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २ लाख ७१ हजार २ सय ९२ कित्ता सेयर अत्ति प्रभावित क्षेत्र संखुवसभा जिल्लाका (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविस) का स्थानीय बासिन्दाका लागि र २ लाख ७१ हजार २ सय ९१ कित्ता सेयर आयोजनाबाट प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सर्वसाधारणमा निष्कासन हुने सेयरको  १० प्रतिशत अर्थात १० लाख ८५ हजार १ सय ६७ कित्ता सेयर मध्येको १ लाख ८ हजार ५ सय १७ कित्ता सेयर निष्कासन गरिएको छ ।। कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन गरी बाँडफाँड गरी सकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनत्तम १० कित्तादेखि अभिकत्तम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ स्मल जलविद्युत आयोजना निर्माणाधनी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit