images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङको साेमबार ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विशेष पूजापाठसहित सुरुङ छिचोल्न बाँकी २ मिटर क्षेत्रमा ब्लाष्ट गरेर ब्रेक थ्रु गरिएको हो ।

जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) को ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण भएको हो । जापानको हाजमा एण्डो कर्पोरेशनले निर्माण सुरु गरेको ५३ महिनामा सुरुङ खनेर छिचोलिएको हो । कुल २ हजार ६ सय ८८ मिटर रहेको मुख्य सुरुङको निर्माण २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

हाल सुरुङको ब्रेक थ्रु भए पनि त्यसमा सवारी साधन चलाउन भने अझै १ वर्ष लाग्ने बताइएको छ । आयोजनाको सुरुङभित्र र बाहिरका विभिन्न संरचनाको निर्माण पूरा गरेपछि मात्रै सवारी साधन चलाउन सकिने छ ।

सुरुङभित्रको सडक ३० सेन्टिमिटर बाक्लो ढलान गरी निर्माण गरिने छ । त्यस्तै सडकको दायाँ बाँया ढल निर्माण गरिने छ । सुरुङको चौडाइ ७ मिटरको रहेको छ ।

सुरुङको दुवैतर्फको मुखमा सुरुङमार्ग प्रयोग गरेबापटको शुल्क उठाउन शुल्क द्वार (टोल गेट) राखिने छ । त्यहाँ २४ सै घण्टा सुरक्षाकर्मी, प्रामिक चिकित्सकको टोली, एम्बुलेन्स, सुरुङमार्गसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहेन छ ।

दुईपाङ्ग्रे सवारी साधनले भने सुरुङमार्ग प्रयोग गर्न नपाउने भएका छन् । त्यस्तै, पेट्रोल, डिजेल र ग्यास बोकेको बुलेटलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन । प्रयोग गर्न पाउनेले पनि कति शुल्क तिर्नुपर्छ भन्ने अहिले निश्चित भइसकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit