काठमाडौँ । जेन–जेड पुस्ताले गरेको आन्दोलनका दौरान मंगलबारको प्रर्दशनका क्रममा भएको आगजनी तथा तोडफोडका क्रममा सिंहदरबार परिसरभित्र रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भवनमा समेत आंशिक क्षति पुगेको पाइएको छ । भवनका अघिल्ला तथा पछिल्ला भागमा पार्किङ गरिराखिएका चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन धेरैजसो जलेर नष्ट भएको ऊर्जा खबरले गरेको स्थलगत अवलोकनमा पाइएको हो । पछिल्लो भागमा राखिएका केही सवारी साधन तथा विद्युतीय चार्जिङ स्टेशन सकुशल रहेका देखिएका छन् ।
भित्री भागमा मूख्य प्रदेशद्वारपछिरेपछिको भुइँ तलामा आगेले धेरै सामान नष्ट गरेको छ भने मन्त्रालयका माथिल्लो तलामा रहेको मन्त्रीको कार्यकक्ष तथा कर्मचारीको कार्यकक्ष र सभाकक्षमा तोडफोट गरिएको पाइएको छ । तोडफोडका क्रममा प्रदर्शनकारीहरूले फर्निचर, कम्प्युटर तथा ल्यापटपजस्ता उपकरणहरु समेत फुटाएको पाइएको छ ।
१५ तस्बिरमा हेरौँ ऊर्जा मन्त्रालयको अवस्था
१. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अग्रभागमा जलेका सवारी साधनहरू
२. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पछिल्लो भागमा जलेका जलेका सवारी साधनहरू ।
३. पश्चभागबाट देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भवन
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अग्र भाग ।
५. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अग्रद्वारबाट भित्र पसेपछि भुँइतल्लाको सिँढी वरपरको दृष्य ।
६. मन्त्रालयको भुइँ तल्लामा रहेको कर्मचारीहरूको कार्यकक्ष ।
७. मन्त्रालयको दाेस्राे तल्लामा रहेको कर्मचारीहरूको कार्यकक्ष ।
८. मन्त्रालयको दाेस्राे तलामा रहेकाे कर्मचारीहरूको कार्यकक्ष ।
९. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको कार्यकक्ष ।
१०. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको गाेप्य वार्ता कक्ष ।
११. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको भुइँमा फालिएको नेम प्लेट ।
१२. मन्त्रीको सचिवालयका कर्मचारीहरूकाे कार्यकक्षकाे अवस्था ।
१२. मन्त्रालयकाे सभाकक्षकाे अवस्था ।
१४. राज्य मन्त्रीकाे कार्यकक्ष ।
१५. आगलागीपछि सिंहदरबारको मूल भवनको भग्नावशेष ।