विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । लोअर इर्खुवा हाइड्रो पावर लिमिटेडले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ । कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले सय रुपैयाँमा अंकित २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

बिहीबार क्यापिटल र हाइड्रो पावर कम्पनीबीच सेयर निष्कासन गरी बाँडफाँड गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सेयर हस्ताक्षर गरे ।

कम्पनीले निष्कासन गर्न लागेकाे सेयरमध्ये १० प्रतिशत अर्थात १३ लाख ५ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ११.५ प्रतिशत अर्थात १५ लाख ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे छ ।

कम्पनीले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाट क्षमताको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit