विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेश, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका भएर बग्ने घलेम्दी खोलामा ९.१४ मेगावाटको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण हुने भएको छ । सुपर घलेम्दी हाइड्रो पावर प्रालिले घलेम्दी खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पहिचान भई अध्ययन पुरा भएको आयोजना अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाको छ । कम्पनीका अनुसार विभागबाट अनुमति पाउने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ ।

आयोजना निर्माण तथा सञचालन गर्दा पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालसँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको जडित क्षमता ९.१४ मेगावाट हुनेछ । यस आयोजनाको डिजाइन बहाव २.६१ घनमिट प्रति सेकेण्ड र कुल हेड ४५८ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर ५३.८५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाका भौतिक संरचनाहरु अन्नपूर्ण गाउँपालिकामा अवस्थित घलेम्दी खोलाको दायाँ किनारामा पट्टि रहनेछन् । आयोजनाको लागि आवश्यक पानी फर्काउन घलेम्दी खोलामा बाँध बाँधी खोलाकोे दायाँ पट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुदैँ विद्युत गृहमा लगिनेछ । 

विद्युत गृहमा जडित ४.५७ मेगावाट क्षमताका २ वटा होरिजेन्ट पेल्टन टर्बाइनमा पानी खसाली सो टर्बाइनसँग जोडिएका २ वटा ५.५ एमभिए क्षमताको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन पछि त्याहाँबाट निस्केको पानीलाई १२ मिटर लामो टेलरेस क्यानल मार्फत पूनः घलेम्दी खोलामा पठाइनेछ । 

विद्युत गृह नजिकै स्वीच्यार्ड निर्माण गरी उत्पादन हुने विद्युतलाई ५ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । 

यो आयोजना २०८३ बैशाखसम्मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय बाढी पहिरो, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit