विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभा, तेह्रथुम, भोजपुरलगायत जिल्लाको विद्युत प्रवाह गर्न निर्माण गरिएको २२० केभी कोसी कोरिडोर प्रसारण लाइन मंगलबार (भदौ १ गते) देखि सञ्चालन हुने भएको छ । निर्माण सम्पन्न भइसकेको प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड सञ्चालनमा आउन लागेको हो ।

अहिले २२० केभी प्रसारण लाइनलाई ३३ केभीमा ‘ट्यापिङ’ गरेर सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार २२० केभी इनरुवा सबस्टेसन तयार भइनसकेकाले तत्कालका लागि ३३ केभीमा सञ्चालन गर्न लागिएको हो ।

‘तुम्लिङटार–इनरुवा खण्डमा प्रसारण लाइनको टावर निर्माणदेखि तार तान्ने सबै काम सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले प्रसारण लाइनको परीक्षण गरिरहेका छौं । सम्भव भएसम्म मंगलबारदेखि नै सञ्चालनमा ल्याउँछौं । ढिलोमा पनि बिहीबारभन्दा पछाडि हुँदैन ।’

उनले तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रका जलविद्युतगृहको विद्युत खेर जान नदिने उद्देश्यले इनरुवा सबस्टेसन निर्माण हुने अवधिसम्म नकुरी प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्ने निर्णयमा पुगेको बताए । प्रसारण लाइनका सबै ३२६ वटा टावर निर्माण भइसकेका छन् । तार तान्ने काम पनि सम्पन्न भइसकेको छ ।

‘कोसी कोरिडोरमै जोडिने गरी विद्युत खरिद सम्झौता गरेका जलविद्युत आयोजना पूरा हुन अझै समय लाग्ने भएकाले २२० केभीमै सञ्चालन गर्न इनरुवा सबस्टेसन तयार हुन्जेल कुर्न पनि सकिन्थ्यो । तर, क्षेत्रमा निजी ऊर्जा उत्पादकहरूको उत्पादन खेर जान नदिन चाँडै सञ्चालन गर्न लागिएको हो’ उनले भने ।

उनले संखुवासभाको पिलुवा नजिकैबाट प्रसारण लाइनलाई ३३ केभीमा ट्यापिङ गरी चतरासम्म लगिएको छ । त्यहाँबाट ३३ केभी चतारा–धरान प्रसारण लाइनमार्फत धरान सबस्टेसनसम्म लगि वितरण गरिनेछ । यो प्रसारण लाइनमा कन्डक्टर अपग्रेड गर्ने कार्य प्राधिकरणले गरिरहेको छ ।

अहिले चालू अवस्थामा रहेको ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर प्रसारण लाइन ‘ओभर लोड’ हुँदा यस क्षेत्रमा उत्पादन हुने २२ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद हुँदै आएको छ । ७ जलविद्युत केन्द्रबाट  ३३ मेगावाट विद्युत उत्पादन हुँदै आएकोमा ११ मेगावाट मात्रै प्रणालीमा जोडिएको छ ।

प्रसारण लाइनले सबै विद्युत बोक्न नसक्दा जलविद्युतगृह कम क्षमतामा चलेका छन् । भोजपुरमा १३ मेगावाटका २, संखुवासभामा १२ मेगावाटका ४ र तेह्रथुममा साढे ७ मेगावाटको एउटा जलविद्युत केन्द्र सञ्चालनमा छन् । यी जलविद्युत केन्द्रले हिउँद याममा उत्पादन गर्ने विद्युत ३३ केभी प्रसारण लाइनले बोक्न सके पनि बर्खामा सधै विद्युत खेर जाने गरेको छ ।

कोसी कोरिडोर प्रसारण लाइन् सञ्चालनमा आएपछि  अहिले खेर गइरहेको सबै विद्युत प्रणालीमा आई प्रवद्र्धकले भोग्दै आएको समस्या समाधान हुनेछ । प्रसारण लाइन अन्तर्गत पर्ने बानेश्वर र तुम्लिङटार सबस्टेसन सम्पन्न भइसकेका छन् । कोरिडोर अन्तर्गत प्रसारण लाइनको २२० ढुंगेसाँघु–बसन्तपुर खण्ड पनि ६० प्रतिशत पूरा भएको छ । ताप्लेजुङको ढुंगेसाँघुदेखि तेह्रथुमको बसन्तपुरसम्म पर्ने ३५ किलोमिटर लामो यस खण्डमा १ सय ३२  वटा टावर निर्माण हुँदैछन् ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा २०७४ कात्तिकदेखि कोरिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमा प्रवाह गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो कोरिडोरमा जोडिने आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । 

प्रसारण लाइन पूरा भएपछि यहाँबाट २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७२ करोड रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ । कोसी कोरिडोरकै सहायक तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन पनि प्राधिकरणले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit