विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लामो खडेरीका कारण सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत् प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली मधेश प्रदेश पुगेको छ । कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरी सुख्खा खडेरीबाट देखिएको सङ्कटमा आम सर्वसधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणका कामबारे सुझाव लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्‍न जिल्लामा ५०० डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको सन्दर्भमा उक्त ट्युबबेल सञ्‍चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनी जानकारी लिएका थिए ।

सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि प्राधिकरण सारथी हुने तर त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताए । प्राधिकरणका कारण संकटमा समस्या नबढोस् भनेर आफैँ फिल्डमा पुगेर वास्तविकताको बारेमा जानकारी लिएको शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३