विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहेको सांसद डिपी अर्यालले बूढीगण्डकी जलविद्युत आयोजनामा विदेशी लगानी नचाहिने बताएका छन् । गृह जिल्ला धादिङ पुगेका सङ्घीय सांसद अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । सरकारले बूढीगण्डकीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखे पनि त्यसअनुसार कार्यन्वयनमा प्राथामिकता नदिँदा आयोजना निर्माणले गति लिन नसकेको उनले बताए ।

‘सरकारले चासो र ग्यारेन्टी लिन पर्याे, अनि पो जनता ढुक्क हुन्छौँ’ सांसद अर्यालले भने, ‘त्यसपछि लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन ।’

आयोजनाको मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको भन्दै उनले समय गुज्रदैजाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको चिन्ता व्यक्त गरे । ‘बूढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो,’ उनले भने, ‘तर भाषणमै सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ ।’ 

धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी रहेको समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit