विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहककाे लाइन काटी ५ दिनकाे अवधिमा करिब साढे ५ लाख बक्याैता असुल गरेकाे छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल तिर्न अटेर गर्ने ग्राहककाे लाइन काटी बक्याैता असुल गरेकाे हाे ।

केन्द्रले याे अवधिमा ४५ जनाबाटबाट जरीवानासहितकाे ३ लाख १९ हजार १ सय ६८ रुपैयाँ बक्याैता असुल गरेकाे छ । बाँकी महसुल तिरेपछि उनीहरूकाे लाइन पुन जाेडिएकाे छ । यस्तै, याे अवधिमा केन्द्रले ३८ जना ग्राहकको लाइन काटेको छ । यी ग्राहकबाट १ लाख ४६ हजार ९ सय ४२ रुपैयाँ उठाउन बाँकी थियो ।

यो अवधिमा केन्द्रले विद्युत चोरी गर्ने ७ जनालाई पक्राउ गरी कारबाही गरेको छ । केन्द्रले उनीहरूबाट जरिवानासहित १ लाख ३७ हजार ५ सय रुपैयाँ असुल गरेकाे केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit