विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीले करिब साढे ६८ लाख कित्ता साधारण  सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ ।

बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्वार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

पिपुल्स पावरले पनि ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने

पिपुल्स पावर कम्पनी लिमिटेडले पनि करिब ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला–२ जलविद्युत  आयोजनाको सर्वसाधारण र स्थानीयका  लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

सय रुपैयाँमा अंकित ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ ।

बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit