विद्युत अपडेट

  • प्राधिकरण : ५८३७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९०९८ मे.वा.घन्टा
  • आयात : १२४८३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३१००५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१० मे.वा.
२०७९ चैत १९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडाैं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएकाे छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको हो ।

डिजल प्रतिलिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएकाे छ। आइओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ।

यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको मूल्य प्रतिलिटरमा ३/३ रुपैयाँ बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।

निगमले नेपाल सरकारको ऋण र आइओसीलाई फेब्रुवरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तानी गरी करिब १६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ । आइओसीको बक्यौता एंव सरकारद्धारा उपलब्ध ऋणको व्यवस्थापना गर्न चुनौति रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit