विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल÷मट्टीतेल र हवाई इन्धन) को मूल्य बढाएको छ । भारतीय आयल निगम (आइओसी) ले मूल्य सूची बढाएर पढाएको भन्दै आज (जेठ २ गते) राती १२ बजेबाट लागू हुने गरी बढाएको हो ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ । निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविक खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । जसअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ७८ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत कायम गरेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.४६ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । यसको आधारमा निगमलाई १.१० अर्ब रुपैयाँ घाटा हुने जनाइएको छ । एलपी ग्यासको कारोबारबाट मात्र निगमलाई पाक्षिक (१५ दिनमा) ५४ करोड रुपैयाँ घाटा रहेको उल्लेख छ ।

हालको मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सोलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.६६ रुपैयाँ र डिजेल प्रतिलिटर ३९.२८ रुपैयाँ नेपालतर्फ सस्तो रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको हुँदा मे १६ तारिखमा आइओसीले पेट्रोलमा प्रतिलिटर १.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर २.६८ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २.९२ रुपैयाँ बढाएर मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उक्त बढेको मूल्यको आधारमा निगमलाई पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १०.२० रुपैयाँ र ६.१२ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा हुनेछ । मे १६ को मूल्यसूची अनुसार समायोजन नगर्दा निगमलाई १.३२ अर्ब रुपैयाँ घाटा हुने देखिएकोले मूल्य बढाइएको पनि जनाइएको छ ।

निगमले पछिल्लो पटक आइओसीले गत अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार बैशाख ४ गते काठमाडौं उपत्यकाको लागि पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा १ रुपैयाँ वृद्धि गरी क्रमशः प्रतिलिटर १२१ रुपैयाँ र १०४ रुपैयाँ कायम गरिएको थियो । यस्तै, हवाई इन्धन आन्तरिक उडानतर्फ २ रुपैयाँ बढाएर प्रतिलिटर ७६ रुपैयाँ कायम गरिएको थियो ।

उक्त मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक ७१ करोड रुपैयाँ घाटा रहेको उल्लेख छ । आइओसीबाट मे १ मा प्राप्त सूची अनुसार मूल्य बढाएर आए पनि निगमले मूल्य समायोजन नगरी साविककै मूल्य कायम राखेको थियो । यसबाट निगमलाई पाक्षिक १ अर्ब रुपैयाँ नोक्सान रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit