विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जनकपुर उपमहानगरपालिका वडा नम्बर २ को सिटी–३ फिडर अन्तरर्गत पर्ने क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रले विद्युतीय संरचना स्थानान्तरण गर्न बिहीबार (२ गते) उक्त क्षेत्रको विद्युत सेवा बन्द गरेको हो ।

केन्द्र अन्तर्गत जनकपुर उपमहानगरपालिका वडा नम्बर २ गिरिजा सिनेमा हल क्षेत्रमा निर्माणाधीन सडकको बीचमा पर्ने विद्युतीय संरचनालाई सडक किनारमा स्थानान्तरण गर्न विद्युत सेवा बन्द गरेको केन्द्रले जनाएको छ । केन्द्रको अनुसार सिटी ३ फिडर अन्तर्गत पर्ने कदम चोकदेखि जानकी बोर्डिङ स्कुल हुँदै गिरिजा सिनेमा हल, धनुषा साइन्स क्याम्पस देखि बकिल टोलसम्मको विद्युत सेवा बन्द गरिएको छ । 

केन्द्रले बिहान १० बजेदेखि ३ बजेसम्म सेवा बन्द गरि काम गर्ने जनाएको छ । तोकिएको समयअगावै काम पूरा भए निर्धारित तालिका अगावै सेवा सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit