विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्डकाे कार्यालयले भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपिसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन । बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र त्यसको २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डिपिआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले अनुमतिपत्र लिन गत फागुन ४ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ ।

लगानी बोर्ड र एनएचपिसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपिसीले  दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेशन इन्डिया लिमिटेड (पिटिसी) सँग विद्युत खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।

दुवै आयोजना निर्माण गर्न ३ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र एनएचपिसीले २ खर्ब ८८ अर्ब रुपैयाँ (१ खर्ब ८० अर्ब भारु) ल्याउने बाचा गरेको छ । जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको एनएचपीसीका ७ हजार ५३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन छन । केही वर्षभित्र जडित क्षमता दोब्बर ९१४ हजार ६१० मेगावाट० पुर्याउन लागेको कम्पनीका केही ठूला आयोजना पाइपलाइनमा छन ।

एनएचपीसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो । सो अवधिमा एनएचपीसीको खुद ३५ अर्ब ३८ करोड भारु नाफा कमाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपीसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु–कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit