विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३० मेगावाटको म्याग्दी खोला-ए जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारीको क्रममा आयोजना प्रभावित स्थानीयसँग राय/सुझाव माग गरिएको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले गण्डकी प्रदेशको म्याग्दी जिल्ला भई बग्ने म्याग्दी खोलामा पहिचान भएको आयोजनाको राय/सुझाव माग गरेको हो ।

धौलागिरी गाउँपालिका-४ भइ बग्ने खोलाको पानी प्रयोग गरी विद्युत उत्पादन हुने गरी प्रस्ताव गरेको आयोजनाको लागि राय/सुझाप माग गरेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको छ । प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।

प्रभावितले आगामी एक साता (चैत ९ गते) भित्र परामर्शदाता राज बन्धु सर्विसेस प्रालि र प्रवर्द्धक कम्पनीको कार्यालयमा आइपुग्ने गरी आफ्नो राय/सुझाव पठाउनुपर्नेछ ।

आयोजनाको थप विवरण
आयोजना : म्याग्दी खोला–ए
क्षमता : ३० मेगावाट
प्रवर्द्धक : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड
परामर्शदाता : राज बन्धु सर्विसेस प्रालि
आयोजना स्थल : म्याग्दी जिल्ला, धौलागिरी गाउँपालिका
सुरुङ : ४७६० मिटर
पेनस्टक पाइप : १०५१.२७ मिटर

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit