विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा अघि बढाउन लागिएको ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजना निर्माणको ठेक्का रद्द भएको छ । एक महिना सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन प्रारम्भिक छनौट भए तापनि आयोजनाको अनुमानभन्दा बढी लागत प्रस्ताव गरेपछि ठेक्का नै रद्द गर्ने निर्णय भएको हो ।

आयोजनाको र्निाणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो । प्राविधिक प्रस्ताव पास भएका कम्पनीको वित्तीय प्रस्ताव एक महिना अघि मात्र खोलिएको थियो । आयोजनाले पहिलो चरणको सिभिल र हाइड्रो मेकानिकलको ठेक्का आह्वान गरेको थियो ।

प्रवद्र्धक माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले २०७९ साउन ९ (जुलाई २५, २०२२) गते आयोजना निर्माण गर्न इच्छुक विदेशी कम्पनीका लागि प्रस्ताव आह्वान गरेकोमा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कर्पोेरेशनको प्राविधिक प्रस्ताव पास भएको थियो ।

अन्तिम चरणमा ठेक्का रद्द भएपछि पुनः अर्को ठेक्का तयारी गरी छनौट गर्दा आयोजनाको काम कम्तिमा ६ महिनादेखि एक वर्ष पछि धकेलिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । उनका अनुसार अब फेरि ठेक्काको प्रक्रिया सुन्यदेखि नै सुरु गर्नुपर्छ ।

तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवक्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तामाकोसी जलविद्युत कम्पनीले निर्माण गर्न लागेको आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिनेछ ।

आउँदो हिउँददेखि आयोजनाको काम सुरु गरी ४ वर्षमा पूरा गर्ने लक्ष्य राखे तापनि लक्ष्य अनुसार काम सुरु नहुने भएको छ । आयोजनाको आवास निर्माणको काम पनि सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइन लगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगू गाउँपाकिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछ ।

करिब १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ७० प्रतिशत अर्थात १३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाइसकेको छ । बाँकी स्वपुँजी तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit