images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ४८.८ मेगावाटको खिम्ती–२ आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण अघि बढाइने भएको छ । यसका लािग प्रवर्द्धक कम्पनीले अनुमति माग्दै विद्युत् विकास विभागमा आवदेन पेश गरेको छ । आयोजनाले उत्पादन गर्ने विद्युत् आयोजनाको स्वीचयार्डदेखि गर्ज्याङ–खिम्ती १३२ केभि प्रसारण लाइनमा जोड्न आवश्यक पर्ने १.८१ किलोमिटर लामो लाइन आयोजनाले निर्माण गर्न विभागसँग अनुमति मागेको हो । 

विभागले उक्त लाइन निर्माणले कुनै उल्लेख्य वातावरणीय प्रभाव पार्ने भने त्यसको विवरण खुलाई प्रवर्द्धक कम्पनी वा विभागमा लिखित सुझाव पेश गर्न सरोकारवाला सबैसँग आग्रह गर्दै सूचना जारी गरेको छ । 

विभागका अनुसार उक्त प्रसारण लाइनको क्षमता १३२ केभी (१ लाख ३२ हजार भोल्ट) सिंगल सर्किट रहने छ । यस प्रसारण लाइन आयोजनाअन्तर्गत अघिकतम ३२ मिटर उचाइका ९ वटा टावर निर्माण गरिने छ । टावर निर्माणका लागि ०.२ हेक्टर जमिन आवश्यक पर्ने छ । त्यस्तै विद्युत् मार्गको क्षेत्राधिकार (राइट अफ वे) अन्तर्गत मध्यविन्दुबाट दायाँबायाँ ९/९ मिटर पर्ने जग्गा अवश्यक हुने छ । 

आयोजना दोलखाको तामाकोशी गाउँपालिका–७ मा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइन निर्माण भने सुरु गरेको १ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । 

हाल जलविद्युत् आयोजनाको निर्माण भने ७० प्रतिशतभन्दा बढी सकिएको छ । आयोजनामा मुख्य, सहायक, सर्जसाफ्टसहित कुल ८ हजार ३०५ मिटर लामो सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म झण्डै ७ हजार मिटर सुरुङ निर्माण सकिएको छ । 

नदी फर्काउनका लागि इन्टेक, बालुवा थिग्र्याउने पोखरी लगायत संरचना धमाधम निर्माण भइरहेका छन् । आउँदो वर्षाअघि नै नदी फर्काउने काम पूरा गर्ने लक्ष्य रहेको आयोजनाको छ ।

हाइड्रो मेकानिकल पेनस्टक पाइपका लागि साइटमै पाता ल्याएर पाइप बनाएर जडानको काम भइरहेको छ । यस्तै, हेडवक्र्सतर्फ मुहानहरूमा राख्ने गेटहरू पनि ढुवानी भइसकेको जनाइएको छ । ६० मेगावाटको खिम्ती–१ जलविद्युत केन्द्रको बाँधभन्दा ३ सय मिटर माथि विद्युत्‌गृह निर्माण भइसकेको छ । हाल विद्युत्‌गृहमा उपकरण जडानको काम चलिरहेको छ । 

कम्पनीका अनुसार सुरुमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्लुटिडब्लु) लाई दिइएको थियो । तर, काम थाल्ने समयमा कोरोना ९कोभिड–१९० महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

अहिले नेपाली कम्पनीले नै सबै काम गर्दै आएको छ । आयोजनाको सबै क्षेत्रमा दैनिक ६  सय बढी मजदुरले काम गर्दै आएको अधिकारीले बताए । उनले आयोजनामा ७० प्रतिशत बढी स्थानीय कामदार रहेको बताए । स्थानीय तहमा लगानीको अवसरसँगै रोजगारी, सडक, पुल, विद्यालय लगायत स्थानीय सामाजिक विकासमा पनि आयोजनाले सहयोग गरेको छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन आयोजनामा स्थानीयहरू समेतको संस्थापक लगानी छ । आयोजनाले सीप अनुसार स्थानीयलाई पनि रोजगारीमा प्राथमिकता दिएको छ । २२ वर्षअघि नै निर्माण भई सञ्चालनमा रहेको ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती–१ को केही माथि खिम्ती–२ निर्माण भइरहेको छ ।

८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुने जनाइएको छ ।

दोलखाको जिरी नगरपालिका जिरी–सिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ भन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नं। ७ मा विद्युत्गृह बनाई विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह दोलखाको जिरी नगरपालिका वडा नं ८, ९ र तामाकोसी गाउँपालिका वडा नं। ७ मा तयार हुनेछ ।

उत्पादित विद्युत् विद्युत्‌गृहबाट २ किलोमिटर लामो १३२ केभीको प्रसारण लाइनबाट गर्ज्याङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइनका लागि ७ वटा टावर निर्माण हुनेछन् । यसका लागि टेण्डरको तयारी भएको कम्पनीले जानकारी दिएको छ । सिभिलतर्फ हाई हिमाल, हाइड्रो मेकानिकल ग्लोबल हाइड्रो अष्ट्रिया र इलेक्ट्रो मेकानिकलतर्फको काम क्रिम हाइड्रोले पाइप र सिबीएमएल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit