विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साझा यातायात सहकारी लिमिटेडले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले सोमबार (जेठ १ गते) देखि पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा बस सेवा सञ्चालनमा ल्याएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटनढोकामा आयोजित कार्यक्रममा बसको उद्घाटन गरे । विद्युतीय बस पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–जोरपाटी हुँदै दक्षिणढोकासम्म सञ्चालन हुनेछ ।

६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा सञ्चालनमा ल्याइएको साझाले जनाएको छ । यो रुटमा थप १५ वटा बस सञ्चालन गर्ने योजना रहेको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए । 

‘जनस्वास्थ्य, स्वदेशी इन्धन प्रयोग तथा सार्वजनिक यातायातलाई सुलभ र मर्यादित बनाउन बिजुली परिवहन अपरिहार्य भएको छ’, उनले भने, ‘हामीले थप ६०/८० वटा विद्युतीय बस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरिद गर्न अध्ययन टोली गठन गरिसकेका छौ ।’

साझाले अहिलेसम्म ४० वटा बिजुली बस खरिद गरिसकेको छ । तर, चार्जिङ स्टेसन अभावका कारण सोमबारदेखि सञ्चालनमा आएकासहित ६ वटा बस मात्र  सञ्चालन गरिएको छ । यी बसको मूल्य ६१ करोड ८३ लाख ४५ हजार रुपैयाँ परेको जनाइएको छ ।

सबै बस एकै चरणमा सञ्चालनमा ल्याउने भनिए पनि चार्जिङ स्टेसन र सञ्चालन मार्ग स्वीकृतबारे सरकारले बेवास्ता गर्दा एकै चरणमा सञ्चालन गर्न नसकिएको अध्यक्ष दीक्षितले बताए ।

उपत्यकामा चार्जिङ स्टेसन राख्ने ठाउँ खोजीका लागि यसअघि सम्भाव्यता अध्ययन पनि गरिएको थियो । भक्तपुरको सल्लाघारी, ललितपुरको खुमलटार, पुल्चोक, काठमाडौंको गुर्जुधारालगायत ठाउँमा चार्जिङ स्टेसन बनाउन सकिने अध्ययनले देखाएको छ । तर, ती ठाउँहरूमा चार्जिङ स्टेसन राख्न दिनेबारे सरकार तयार नभएको साझाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit