images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरूलाई १५ प्रतिशत विद्युत महसुल छुट दिने निर्णयको स्वागत गरेको छ । संघले बुधबार विज्ञप्ती जारी गरी आर्थिक वर्ष २०७९/८० देखि वार्षिक १० करोड रुपैयाँ बढी विद्युत खपत गर्ने उद्योगलाई छुट दिने गरी भएकाे व्यवस्थाको स्वागत गरेको हो ।

सरकारले आगामी आवदेखि वार्षिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगहरूलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । बजेटवाट स्वदेशमा स्थापित सिमेन्ट/क्लिङ्कर उत्पादन गर्ने उद्योगहरू संरक्षण तथा सम्वर्द्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकासीमा नगद प्रोत्साहन र उद्योगहरूले उपभोग गर्ने विद्युत महसुलमा छुट दिईएको व्यवस्थाको स्वागत गरेको छ ।

यस व्यवस्थाबाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने संघको विश्वास छ । बजेटबाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको यस्तो व्यवस्था स्वागतयोग्य रहेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरूमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरूको हितमा रहेको छ ।

यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यि उद्योगहरू पुर्ण क्षमतामा सञ्चालन भएमा १५० अर्ब रुपैयाँ बढि रकमको निकासी गर्ने सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चित गर्नमा उल्लेखनीय सहयोग पुग्ने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit