विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक मोदी जलविद्युत कम्पनी लिमिटेडले अघि बढाउन लागेकाे आयोजनाको निर्माण गर्न ठेक्का आह्वान गरेको हो ।

आयोजनाको सिभिल र हाइड्रो मेकानिकल संरचना निर्माणका लागि ठेक्का निकालेको कम्पनीले जनाएकाे छ ।आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बनाउने गरी अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएकाे छ ।

पहिलो लटमा सिभिल निर्माण र हाइड्रो मेकानिकलका लागि बोलपत्र आह्वान गरिएको छ । इच्छुकले भदौ २८ गतेभित्र आवेदन दिनुपर्नेछ । बोलपत्रमा भाग लिने विदेशी कम्पनीले नेपाली निर्माण व्यवसायीसँग साझेदारी गर्नुपर्ने छ । ठेक्का सम्झौता भएपछि औपचारिक रुपमा आयोजना निर्माण सुरु हुनेछ । निर्माण थालेको ४ वर्षभित्र व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

१० अर्ब लागत अनुमान

आयोजना निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी रहनेछ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले ६ अर्ब ३६ करोड रुपैयाँ लगानी गर्नेछ । आयोजनामा लगानी गर्न एनएमबी बैंक, एचआइडीसीएल र कम्पनीबीच २०७८ चैत ३० गते सम्झौता भएको हो ।

आयोजनाको संरचना

आयोजनाका लागि ६ किलोमीटर सुरुङमार्ग निर्माण हुनेछ । जसमा दुईवटा अडिट टनेलहरू रहनेछन् । आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माण भइसकेको छ भने बाँधसम्म पुग्नका लागि ४.५ किलोमिटर सडक निर्माण हुनेछ । प्रस्तावित आयोजनाको घान्द्रुक नजिकैको स्याउली बजारमा विद्युतगृह रहनेछ ।

आयोजनाबाट वार्षिक २४३.५८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ११.५ किलोमिटर दुरीमा रहेको प्राधिकरणका न्यू–मोदी सबस्टेसनमा जोडिनेछ ।

यसअघिको ठेक्का

कम्पनीले आयोजना बनाउन २०७९ भदौ २३ गते नै पहिलोपटक अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको थियो । तर, प्राविधिक समस्या भएको भन्दै ठेक्का रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit