विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय गौरवकाे सूचीमा रहेकाे रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विद्युत् उत्पादन प्लान्टकाे परीक्षण सुरु भएको छ । सिँचाइ नहरको पानी प्रयोग गरी ४.७१ मेगावाट विद्युत् समेत उत्पादन गरिने उक्त आयाेजनाकाे विद्युत् उत्पादन प्लान्टकाे परीक्षण १५ मंसिरदेखि सुरु गरिएकाे हाे । 

अहिले आयोजनाको ‘वेट टेष्ट’ भइरहेकाे सिनियर डिभिजनल इन्जिनियर वीर सिंह धामीले बताए । ‘विद्युत् उत्पादनका लागि संरचनामा पानी भरेर परीक्षण गर्ने काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘वेट टेष्टको काम पूरा गरेर दुई दिनभित्र पहिलो युनिटको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।’

विद्युत्‌गृहमा ३ वटा युनिट जडान गरिएको छ । ३ वटै युनिटको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न करिब दुई साता लाग्ने पनि धामीले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत ६.५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको लम्की सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन सिँचाइ आयोजना आफैँले निर्माण गरिसकेकाे छ । उक्त प्रसारण लाइनको परीक्षणसमेत सफलतापूर्वक सकिएको छ ।

आयोजनाबाट यसअघि नै विद्युत् उत्पादन गर्ने लक्ष्य भए पनि गत वर्ष कर्णालीमा आएको बेमौसमी बाढीलगायतका कारणले ढिला भएको पनि उनले बताए ।

कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ यो आयोजनाको काम सुरु गरिएको थियो । सरकारले २०६६/६७ बाट आधुनिकरूपमा रानीजमरामा नहर निर्माण सुरु गरेको थियो । तर, स्थानीय किसानले भने १ सय २० वर्षभन्दा पहिलेबाट ‘किसान व्यवस्थित आयोजना’का रूपमा नहर निर्माण गर्दै आएका थिए । सरकारले यसको काम ८औँ (२०४९–२०५४) योजनादेखि नै सञ्चालन गर्ने लक्ष्य लिए पनि विविध कारणले अघि बढाउन सकेको थिएन ।

अहिले यो सिँचाइ नहरबाट २०८० वैशाख २५ बाट पानी पठाउन थालिएको छ । ९ किलोमिटर लामो मूल नहरबाट करिब १५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit