images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२० केभी कोसी कोरिडोर डबल सर्किट प्रसारण लाइनको पहिलो खण्ड सम्पन्न हुँदा २ हजार मेगावाट विद्युत बोक्ने संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्डको निर्माण सम्पन्न गरेपछि अरुण र तमोर नदी बेसिनमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने संरचना तयार भएको हो ।

१ सय ६ किलोमिटर लामो यो प्रसारण लाइनको ३२६ वटै टावरको निर्माण तथा तार तान्ने काम सम्पन्न भई सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रसारण लाइन सम्पन्न भइसकेकाले अब अरुण र तमोर नदी बेसिनका जलविद्युत आयोजनाको विद्युत खेर नजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो प्रसारण लाइन प्राधिकरणको ३६औं वार्षिकोत्वकै दिन मंगलबार (भदौ १ गते) देखि सञ्चालनमा आउँदैछ । २२० केभीम सञ्चालन गर्न इनरुवा सबस्टेसन तयार भइनसकेकाले केही समयका लागि ३३ केभीमा सञ्चालन गर्न लागिएको उनले बताए ।

‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइन अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका जलविद्युत केन्द्रको विद्युत प्रवाह गर्न लागेका छौं,’ उनले भने, ‘अहिले नै ३३ केभीमा सञ्चालन गर्दा बर्खामा त्यस क्षेत्रका जलविद्युतगृहले बेहोर्दै आएको समस्या समाधान हुनेछ।’

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ ।  तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ ।

संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको बसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले दिए । ‘निर्माणको चरणमा विभिन्न अवरोधहरु छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगले प्रसारण लाइन सम्पन्न गर्न सफल भएका छौं’, उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन तुलनामा ठूलो र लामो दुरीको भए पनि यो प्रसारण लाइन छोटो समयमा सम्पन्न हुँदा नयाँ रेकर्ड पनि बनेको छ ।’

सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा प्रदेश–१ को भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण भइरहेका तथा निर्माण हुने  जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोर प्रसारण लाइनको निर्माण भइरहको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यी आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

पहिलो प्याकेज अन्तर्गत निर्माण भएको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइनको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit