विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा र वातावरणका लागि महिला सञ्जाल (ओनी) को सातौँ स्थापना दिवस सम्पन्न भएको छ । २०७५ सालमा स्थापना गरिएको यस संस्थाले सफलतापूर्वक स्थापनाको ७ वर्ष पूरा गरेको  हो । स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रममा संस्थाकी  अध्यक्ष कला तिम्लसिनाले संस्थाले हालसम्म सञ्चालन गर्दै आएको अभियानका विषयमा विवरणसहित प्रस्तुति दिएकी थिइन् । उनले संस्थाले महिलालाई शिक्षित बनाउन, संशक्तीकरण गर्न र समर्थन गर्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको बताइन् । 

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले पछिल्लो समय भान्सामा महिला मात्र नभई पुरुष उत्त्तिकै सक्रिय रहने भएकाले दुवैलाई तालिम दिन जरुरी रहेको बताए । उनले संस्थाले अघि बढाउँदै आएको अभियानको सार्थकताको कामना गरे । 

कार्यक्रमको समूह छलफल सत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धनको पूर्व कार्यकारी निर्देशक पार्वता भट्ट, गाँउपािलका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष राजेन्द्र प्रसाद प्याकुरेल र सेन्ट्रल फर टेक्नोलाजीकी अध्यक्ष अन्जु शर्मा बीच जेन्डर, ऊर्जा र जलवायु नेक्सस विषयमा विभिन्न धारणा प्रस्तुत गरिएको थियो । 

नेपाल विद्युत् प्राधिकरणका निर्देशक रन्जु पाण्डेले ओनी महिलाका लागि महिला र महिलाहरुका लागि महिला भन्दै ओनीले महिलालाई अग्रसर गर्नु पर्छ भन्दै झक्झकाई रहेको बताएकी छिन् । समाज कल्याण परिषद्का प्रतिनिधि शरद वास्कोटाले ऊर्जा उपयोग गर्दा फाइदा र बेफाइदा दुबै हुने भन्दै आफ्नै घरमा विद्युतीय दुर्घटना भई मातृ शोक परेको बताए । 

यस्तै, नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहन दास मानन्धरले ओनी र आफू मिलेर कार्यक्रमहरु गर्दै आएको बताउँदै संस्थाको कामलाई धेरैले विश्वास गरिसकेको बताए । उनले संस्थाको स्थापना हुनासाथ आएको कोरोना  भाइरसका कारण संस्थाको निरन्तरप्रति डर लागेको स्मरण गर्दै आज सफतापूर्वक ७औँ स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरे ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले ओनीले गर्दै आएको कार्यक्रम आफ्ना लागि नभई राज्यका लागि गरिरहेको छ तर राज्यबाट साथ सहयोग नहुँदा काम गर्न गाह्रो भएको बताए । सामुदायिक विद्युत्ले जुन रूपमा विद्युतीय चुलो बजार बढाउन खोजेको छ त्यसमा ओनीको ठूलो हात रहेको समेत उनले बताए । 

कार्यक्रममा राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाजका अध्यक्ष नारायणध्वज खड्काले भान्सामा महिलाको सहभागिता बढी मात्रामा भए पनि प्राविधिक समस्या आइपरेमा पुरुषलाई पर्खिनुपर्ने अवस्थालाई अब ओनीले महिलाहरूलाई सशक्त बनाइसकेको र सबैलाई आत्मनिर्भर बन्न जोड दिएको बताएका छन् । 

प्राक्टिकल एक्सनका अध्यक्ष पूजा शर्माले ओनी मात्र नभई यस्ता कार्य अन्य क्षेत्रले पनि यस्ता कार्यक्रम गर्न सकिने बताएकी छिन् । आम जनताको जीवनशैली एकै प्रकारको हुने र ओनीको प्रचारप्रसार बढी भएमा अझै अघि  बढ्न सकिने विश्वास व्यक्त गरेकी छन् । साथै उनले आफ्नो संस्थाले पनि परेको सहयोग गर्ने र सहकार्य समेत गर्न सकिने बताइन् । 

त्यस्तै, कार्यक्रममा संस्थाकी सदस्य जया तिम्लसिनाले जलवायु परिवर्तन र महिला विषयमा ७ प्रदेशका समस्या र त्यहाँको अवस्थाबारे चित्रण गर्दै आफ्नो प्रस्तृति दिएकी थिइन् । कार्यक्रममा ऊर्जा क्षेत्रका करिब ५० जना व्यक्तिको उपस्थिति थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३