विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४ जना उपकाकार्यकारी निर्देशकको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । कार्यकारी निर्देशकको दोस्रो कार्यकाल सम्हाल्न पुगेका कुलमान घिसिङले जिम्मेवारी सम्हालेको ५ दिनमा उच्च पदाधिकारीको सरुवा गरेका हुन् ।

शुक्रबार (साउन २९ गते) को कार्यकारी निर्देशकस्तरीय निर्णयले सरुवा गरेको प्राधिकरणले जानकारी दिएको छ । सरुवा वा जिम्मेवारी फेरिनेमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) का रामजी भण्डारी, इन्जिनियरिङ सेवा निर्देशनालयका मनोज सिलवाल र उत्पादन निर्देशनालयका प्रमुख मदन तिम्सिना छन् ।

प्राधिकरणका अनुसार न्यौपानेलाई उत्पादन निर्देशनालयको प्रमुखमा सरुवा गरिएको छ । प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक उनलाई सोही पदमा सरुवा गर्नुपर्नेमा पत्रमा ‘उत्पादन निर्देशनालयको प्रमुख’ भनिएको छ । उनी पछिल्लो समय प्राधिकरणभित्र प्रसारण र वितरण क्षेत्रका अब्बल इन्जिनियर मानिन्छन् ।

यसैगरी, भण्डारीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा र सिलवाललाई वितरण तथा ग्राहक सेवा निर्देशनालयमा पठाइएको छ । उता तिम्सिनालाई भने कारबाही गरेजस्तै गरी सहायक कम्पनी अनुगमन निर्देशनालयमा सरुवा गरिएको छ । जबकि, त्यो निर्देशनालयको कार्यालय वा कोठा र बस्ने कुर्सी टेबल पनि नरहेको कार्यकारी निर्देशककै सचिवालयका एक अधिकारीले बताए ।

तिम्सिनालाई सरुवा गरिएको निर्देशनालयमा यसअघि ओमप्रकाश राठीलाई थन्क्याइएको थियो । कमसेकम त्यतिबेला उनका लागि कार्यालयको व्यवस्था थियो । तर, अहिले सोही ठाउँमा पिएमडी रहेको छ । राठीले अवकास पाएपछि अनुगमन निर्देशनालय नाममा मात्र थियो, कोही कर्मचारीलाई जिम्मेवारी तोकिएको थिएन । हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक हुँदा प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका तिम्सिनाले घिसिङ आउना साथ उक्त पदबाट राजीनामा दिइसकेका छन् ।

पिएमडीमा भने ११औं तहका अर्थात् सबैभन्दा कनिष्ठ निर्देशक ताराप्रसाद प्रधानलाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ । घिसिङको पहिलो कार्यकालमा लामो समयसम्म पिएमडीको जिम्मेवारीमा रहेका सिलवाल शाक्यको पालमा इन्जिनियरिङमा सरुवा भएका थिए । उक्त ठाउँमा भण्डारीलाई जिम्मेवारी तोकिएको थियो । भण्डारीले ६ महिना पनि त्यहाँ काम गर्न नपाउँदै उनलाई सरुवा गरिएकाे छ । दीर्घकालीन रणनीतिका आयाेजना अर्थात् एसियाली विकास बैंक (एडिबी) काे लगानीमा सञ्चालित आयाेजना हेर्ने निर्देशनालयमा चाँडाे चाँडाे कर्मचारी सरुवा गर्दा प्रगतिमा प्रतिकूल असर पर्ने देखिन्छ ।

घिसिङको पहिलो कार्यकालमा न्यौपाने र सिलवाल उनको समूहमै थिए तर अहिले न्यौपानेलाई आफ्नो समूहबाट अलग्याएको देखिएको छ । घिसिङकै पालामा उत्पादन निर्देशनालयमा रहेका न्यौपानेले वितरण तथा ग्राहक सेवामा सरुवा गरी सुनिलकुमार ढुंगेललाई उत्पादनमा ल्याइएको थियो । अहिले फेरि न्यौपानेलाई उत्पादनमै ल्याइएको छ ।

यसैगरी, प्राधिकरण सञ्चालक समितिको हिजो (साउन ३१ गते) बसेको बैठकमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको राजीनामा अस्विकृत गरिएको छ । प्राधिकरण स्रोतका अनुसार आज उनलाई राजीनामा फिर्ता गरेको पत्र दिने र भोलि (भदौ १ गते) देखि कार्यालय सुरु गर्ने व्यवस्था मिलाइएको छ ।

कर्मचारी सेवा सम्बन्धी विनियमावली संशोधन गरी उनको उमेरअनुसार पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था मिलाइएको छ । यसअघि सिट रोल र नागरिकताको जन्ममिति फरक पर्न गएको हुँदा अबको करिब ५ महिनामा हुने जानकारी गराइएको थियो । यो फरक विषयलाई सच्याइदिन उनले तत्कालीन कार्यकारी निर्देशक शाक्यलाई अनुरोध गरेका थिए ।

शाक्यले विनियमावली संशोधन गरेर अगाडि बढ्न आफू नसक्ने बताएका थिए । घिसिङ आएपछि विनियमावली सच्याएर उनको जन्ममिति अनुसारको पूरा सेवा अवधि कायम गरिएको छ । जिम्मेवारीमा फर्केसँगै उनलाई  प्रसारण निर्देशनालय वा सूचना प्रविधि तथा योजना अनुगमन निर्देशनालयको प्रमुखको जिम्मेवारी तोकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit