विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रमुख फेरिएका छन् । नेपाल विद्युत प्राधिकरणले भवन तथा भौतिक संरचना निर्माण आयोजनाका निर्देशक किरणकुमार श्रेष्ठलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी तोकेको हो ।

कम्पनीको प्रबन्ध सञ्चालक रहेका प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेलाई योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा सरुवा गरिएको छ । थिके कम्पनीको प्रमुख भएर आएको साढे ४ वर्षपछि फेरि प्राधिकरणमै फर्किएका हुन् । 

‘योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा सरुवा भएको चिठ्ठी बुझेको छु,’ उनले ऊर्जा खबरसँग भने, ‘केही काम बाँकी रहेकाले त्यो सम्पन्न गरेर सोमबारदेखि प्राधिकरणमा हाजिर हुन्छु ।’ उनले सरुवा हुनु नियमित प्रक्रिया भएकाले नै आफ्नो पनि सरुवा भएको बताए ।

उनी प्राधिकरणको १२औं तह (उपकार्यकारी निर्देशक) का कर्मचारी हुन् । उनी निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा भएपछि प्राधिकरणमा फिर्ता बाेलाइएकाे हाे ।

उनको कार्यकालमा कम्पनीले अघि बढाएको १४० मेगावाटको तहनुँ जलाशय जलविद्युत आयोजनाको निर्माण सुरु भएको हो । आयोजनाको करिब ३० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

प्राधिकरणले आफुलाई कम्पनीमा काजमा खटाएको पत्र दिएको श्रेष्ठले बताए । ‘अहिले काजमा खटाइएको व्यहोराको पत्र बुझेको छु,’ उनले ऊर्जा खबरसँग भने, ‘प्राधिकरणमा गर्न बाँकी रहेको काम पूरा गरेर अर्को सातादेखि तनहुँ हाइड्रोमा हाजिर हुन्छु ।’ 

प्राधिकरणको भवन तथा भौतिक संरचना निर्माण आयोजना आउनुअघि श्रेष्ठ सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई ४ महिनाअघि मात्रै सान्जेनबाट प्राधिकरणमा फिर्ता बोलाइएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit