विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुर्गा काली हाइड्रो पावर कम्पनीले ५ मेगावाटको मिवाजे खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

आयोजनाको निर्माण पूर्वका काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाकाे प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनी प्रतिवेदन तयारीको क्रममा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएकोले आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धि राय/सुझाव माग गरेको छ । आयोजना प्रभावित गाउँपालिका, वडा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, स्थानीय संघ संस्था तथा सरोकारवाला व्यक्ति तथा निकायलाई राय/सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।

आयोजनाको सार्वजनिक सुनुवाई माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ७ मा असोज ७ गते बिहान ११ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit