विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोलखाको विगु गाउँपालिकामा प्रस्तावित ४० मेगावाटको लाप्चे तामाकोशी तथा २ मेगावाटको चेपे खोला क्यास्केड आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबि बैंकको अगुवाइमा दुई आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । करिब ७ अर्ब रूपैयाँ लगानी रहने अनुमान गरिएको आयोजनामा एनएमबि सहित नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र  एभरेष्ट बैंक बैंकले लगानी गर्ने भएका छन् । 

लगानीकर्ता बैंकहरू र आयोजना प्रवद्र्धक डायनामिक हाइड्रो इनर्जी प्रालिबीच आइतबार सहवित्तीयकरण ऋण लगानी सम्झौता भएको हो । सम्झौता पत्रमा एनएमबि बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनी डायनामिक हाइड्रो इनर्जी प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले ऋण हस्ताक्षर गरेका छन् ।

सम्झैता अनुसार आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ५ अर्ब २५ करोड रूपैयाँ रहने छ । एनएमबि बैंकले उक्त आयोजनाको क्यास्केड आयोजनाको रूपमा अघि बढाउन लागिएको चेपे खोला क्यास्केड जलविद्युत् आयोजनामा समेत एकल ऋण लगानी गर्ने भएको छ । उक्त आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रूपैयाँ रहेकोमा एनएमबि बैंकले ३४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको हो ।

वित्तीय व्यवस्थापन कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने बताए ।

कार्यक्रममा प्रवर्द्धक कम्पनीका अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनाहरूमा ऋण लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३