विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको उत्पादन तालिका धकेलिएको छ । भीषण वर्षासँगै आएको बाढी र पहिरोले आयोजनाको संरचना तथा पहुँचमार्गमा क्षति पुर्याएकाले विद्युत उत्पादन तालिका ८ महिना धकेलिने भएको हो ।  

आयोजनाबाट अब २०७९ बैशाखदेखि विद्युत उत्पादन सुरु हुने प्रवद्र्धक बुङ्गल हाइड्रो पावर कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजना स्थलसम्म पुग्ने पहुँच सडक विस्तार गरी क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरेर मात्रै उत्पादन सुरु गर्न सकिनेछ ।

‘आयोजना त निर्माणको अन्तिम चरणमा पुगिसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यो बर्खाको बाढी र पहिरोले क्षति पुर्याएकाले विद्युत उत्पादन तालिका प्रभावित भएको छ ।’ उनले आयोजनाको भौतिक संरचना निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको बताए ।

असार सुरु हुनासाथ आएको बाढी र पहिरो तथा भदौ पहिलो साताको पहिरोले पहुँच सडक बगाउँदा निर्माण सकिन लागेको आयोजनाको निर्माण पूर्णरूपमा प्रभावित हुन पुगेको थियो । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक विस्तारको काम भइरहेको पनि उनले बताए । पहुँच सडकको मर्मत तथा विस्तार गर्न अझै २ महिना लाग्ने उनले जानकारी दिए ।

आयोजनाको बाँधको काम भने सकिएको छ । मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पसगेको छ । २ हजार ८ सय १२ मिटर लामो मुख्य सुरुङमध्ये २ हजार २ सय मिटर पूरा भएको छ । अब ३ सय मिटर खन्न बाँकी छ । 

कमजोर भौगोलिक अवस्थाका कारण सुरुङ खन्न धेरै समय लागेको चित्रकारले बताए । आयोजनामा जडान हुने २ हजार ३ सय मिटर पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।  

विद्युतगृहको काम अन्तिम चरणमा पुगेको छ । अब आयोजनाको सबै काम पूरा गरेर २०७९ बैंशाख भित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ जेठमा नै उत्पादन हुनुपर्ने थियो ।

यो तालिकामा विद्युत उत्पादन  सम्भव नभएपछि अर्को तालिका २०७७ मंसिरमा सर्याे । यो तालिकाबाट पनि विद्युत उत्पादन हुन नसकेपछि २०७८ माघ पहिलो साताभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो । विविध कारणले यो लक्ष्यमा समेत उत्पादन सुरु हुने अवस्था नदेखिएपछि नयाँ तालिका निर्धारण गरिएको हो ।

आयोजना स्थल दुर्गम क्षेत्रमा परेकाले पनि निर्माणमा आउने कठिनाईले विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको छ । निर्माण सामाग्री ढुवानी तथा प्रतिकुल मौसमको प्रभाव आयोजनाको निर्माणमा पर्दै आएको छ । पछिल्लो समयमा कोभिड–१९ महामारीका कारण कामदार तथा कर्मचारी नै संक्रमित हुँदा तथा निषेधाज्ञाका कारण पनि निर्माण प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनीमार्फत ११ अर्ब रुपैयाँ लागतका साढे ६४ मेगावाटका आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो सानीगाडसँगै ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड निर्माणाधीन छन् । सबै आयोजनाको काम अन्तिम चरणमा पुगको छ । यी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit