विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । औद्योगिक घराना केसी समूहले लगानी गरेको ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण पूरा भएको छ । झ्यामोलोङ्मा हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाको सिभिलतर्फको यति काम सम्पन्न भएको हो ।

आयोजनाको बाँध क्षेत्रका संरचना र मुख्य सुरुङमा बढी काम भएको छ । विद्युतगृहमा भर्खरै काम सुरु गरिएको छ । बाँध क्षेत्रमा ‘इन्टेक’को काम ८० प्रतिशत सकिएको आयोजना प्रमुख उमेश गुप्ताले बताए ।

उनका अनुसार बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ बेसिन) ५५ प्रतिशत पूरा भइसकेको छ । हेडरेस नहरमा ५० प्रतिशतभन्दा बढी काम सकिएको छ । मुख्य सुरुङ ३५ प्रतिशत खनिएको छ । आयोजनाको कूल २२ सय ८३ मिटर लामो मुख्य सुरुङ ७३० मिटर खनेर सकिएको उनले जानकारी दिए । 

‘कोरोना महामारीको समयमा पनि सावधानीका उपाय अपनाएर आयोजनाको निर्माणलाई निरन्तरता दिन सकेकाले करिब आधा काम सम्पन्न गर्ने चरणमा पुग्न लागेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘लक्ष्यअनुसार नै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने गरी निर्माणलाई तीव्रता दिन्छौं ।’

आयोजनाबाट २०८० साल चैतभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाले उत्पादन गर्ने विद्युत लाहाचोक सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहदेखि १२ किलोमिटरको दुरीमा रहेको सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाको प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

निर्माण हुने प्रसारण लाइनको अध्ययन भई डिजाइन तयारी भइरहेको कम्पनीका वित्तीय व्यवस्थापक निराजन मर्हजनले बताए । आयोजना सम्पन्न गर्न ५ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३ वटा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी हो ।

करुवा सेती केसी समूहले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो आयोजना हो । यो समूहले १ मेगावाटबाट सुरुवात गरी अहिले ३२ मेगावाटको एउटै आयोजना निर्माण गरिरहेको हो । केसी समूहको यो ७औं आयोजना पनि हो । 

यसअघि यो समूहले लगानी गरेका ६ वटा जलविद्युत आयोजनाले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । ४.८ मेगावाटको मर्दी खोला, १ मेगावाटको सेती-२, ४.५ मेगावाटको विजयपुर, १३ मेगावाटको मद्क्यु खोला, ७ मेगावाटको माथिल्लो मर्दी र ४.५ मेगावाटको विजयपुर-२ आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका छन् । 

यी आयोजनाको जडित क्षमता ३५ मेगावाट छ । केसी समूहले यी बाहेक २० मेगावाटको माथिल्ले सेती सहित ३ जलविद्युत आयोजना पनि अघि बढाउँदैछ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३