विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरण परासी वितरण कन्द्रले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन सञ्चालन गरेसँगै समस्या समाधान भएको हो ।

लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या समाधान भएको केन्द्रका सहायक इन्जिनियर सन्जय प्रसाद गुप्ताले बताए । उनका अनुसार अब उद्योगले माग अनुसारको विद्युत पाउनेछन् ।

‘बुटवल–ज्यामिरे लाइनबाट पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलमा विद्युत आपूति हुन्छ’, उनले ऊर्जा खबरसँग भने, ‘यसअघि ३३ केभी लाइनबाट ४ वटा उद्योगमा विद्युत सेवा आपूर्ति भइरहेको थियो, लाइन सञ्चालनमा आएसँगै नयाँ लाइनबाट २ उद्योगमा र पुरानो लाइनबाट २ उद्योगमा विद्युत आपुर्ति सुरु गरिएको छ ।’ १९ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।

सुनवल क्षेत्रमा लक्ष्मी स्टील्स्, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरु सञ्चालित छन् । सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि १३२/३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण आगामी बैशाखभित्रमा सकिनेछ ।

प्राधिकरणले गण्डकमा रहेको १३२/३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । यो लाइनबाट परासीका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति हुन्छ ।

अब, गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईवटा सहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत् आपूर्ति दिन सकिने गुप्ताले बताए । उनका अनुसार यो लाइन ३ दिन अघि नै सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने प्राधिकरणको अल्पकालीन योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit