विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामोसाँघु–चौतारा ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । सिन्धुपाल्चोकको लामोसाँघुदेखि सदरमुकाम चौतारासम्म निर्माण भएको १८ किलोमिटर लामो प्रसारण लाइन मंगलबारबाट सञ्चालनमा आएको हो ।

निर्माण सम्पन्न भएको २ वर्षपछि यो प्रसारण लाइन सञ्चालनमा आएको आयोजना प्रमुख नन्दकिशोर मण्डलले बताए । उनका अनुसार ३३ केभी सबस्टेसनको निर्माण पूरा हुन समय लागेकाले ढिला गरी लाइन सञ्चालनमा आएको हो ।

प्राधिकरणले २ करोड ६० लाख रुपैयाँ लागतमा प्रसारण लाइनको निर्माण पूरा गरेको हो । जय दुर्गे इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले यो प्रसारण लाइन निर्माण गरेको हो ।

३३/११ केभी चौतारा सबस्टेसन पनि सञ्चालनका लागि तयार भएको छ । केही दिनभित्रै सबस्टेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको मण्डलले जानकारी दिए । सबस्टेसनमा ८ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ । यो सबस्टेसन सम्पन्न गर्न ७ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

सबस्टेसनबाट ३ वटा ११ केभी फिडरमार्फत स्थानीय क्षेत्रको विद्युतीकरण विस्तार गरिने भएको छ । यो सबस्टेसन आरके इन्टरनेशनल कम्पनीले निर्माण गरेको हो ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आउँदा चौतारा क्षेत्रको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार आउने मण्डलले बताए । वितरण प्रणालीको भोल्टेजमा पनि सुधार आउनेछ ।

वितरण लाइन लामो भई प्राविधिक चुहावट धेरै हुँदा भोल्टेजमा समस्या थियो । वितरण लाइन ओभर लोड हुँदा जथाभावी बत्ती काटिने समस्या थियो । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit