विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन हाइड्रो पावर लिमिटेडलाई साढे २२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो । 

सय रूपैयाँ अंकित २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार बोर्डमा आवेदन दिएकाे करिब साढे २ वर्षमा स्विकृत भएको हो । सेयर निष्कासन अनुमतिका लागि २०७६ कात्तिकमा आवेदन दिइएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको कास्कीमा १२ मेगावाटको नामार्जुन मादी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit